मौरीपालन व्यवसाय विस्तारसँगै दार्चुलाका किसानको आर्थिक अवस्थामा सुधार हुन थालेको छ । किसानले व्यवसायिक रुपमा मह उत्पादन गर्न थालेपछि आम्दानी पनि बढदै गएको हो ।
मह उत्पादन पनि बढ्दै जानु र मूल्य पनि राम्रो पाउँदा किसान खुसी छन् । जिल्लामा गत वर्ष ५८ मेट्रिक टन मह उत्पादन भएको थियो । यो वर्ष गत वर्षभन्दा राम्रो मह उत्पादन भएको लेकम गाउँपालिका–२ कुणीका किसान हरिकृष्ण भट्टले बताए ।
०६७÷०६८ सालमा दुई घारबाट सुरु भएको उहाँको माहुरी पालन व्यवसायमा अहिले ५० घार माहुरी छन् । महको अहिले बजारमा प्रतिकिलो एक हजार पाँच सय रुपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको छ ।
अहिले गाउँमै प्रतिकिलो एक हजार तीन सय रुपैँयामा मह विक्री हुने गरेको छ । यो वर्ष ५ क्वीन्टल मह उत्पादन भएको भट्टले सुनाए । एक घारमा कम्तीमा पाँच केजी मह उत्पादन हुने गरेको छ । महले नै परिवार चलाएको छु । आम्दानीको राम्रो श्रोतको रुपमा मह र माहुरी छन् ।
लेकम गाउँपालिका–१ का गणेशसिह कार्कीले माहुरीपालन व्यवसाय थालेको बीस वर्ष भयो । अहिले छोरा हरीसिह कार्कीलाई पनिसँगै माहुरीपालन व्यवसाय सिकाएका छन् । माहुरीपालनबाटै आठ जनाको परिवारको गुजारा चलेको छ ।
उनी भन्छन् ‘माहुरी व्यवसायले नै जीवन चलाएका छौं ।’ यो वर्ष ५० घार माहुरी बिक्री भएको उनले बताए । एउटा घार माहुरी बिक्रीमाफत नौ हजार देखि नौ हजार पाँच रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
गत वर्षभन्दा यो वर्ष मह पनि राम्रो उत्पादन भएको छ । माहुरी घार पनि राम्रै माग छ उनले थपे ‘गाउँमा थोरै मात्र किसानले व्यवसायिक रुपमा माहुरी व्यवसाय गर्ने गर्छन् ।’ माहुरीको घार दार्चुला र बैतडीमा बिक्री हुने गरेको छ ।
मह दार्चुलाको लेकम, मालिकार्जुन, नौगाड, मार्मा गाउँपालिका तथा महाकाली र शैल्यशिखर नगरपालिकामा बढि उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र दार्चुलाले माहुरी व्यवसायमा संग्लन किसानलाई मह राख्न डिब्बा लगायतका बजार प्रवद्र्धनमा सहयोग पु¥याउँदै आएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए । कृषि ज्ञान केन्द्रले मह ब्रान्डिङ गरिदिने गरेको छ ।
ज्ञान केन्द्रले “दार्चुलेली मह” ब्रान्ड बनाएर बजारमा पठाउन सहयोग गर्ने गरेको उनले बताए । जिल्लाभरि ६ हजार बढि घार माहुरी छन् । किसानले मह र माहुरी बिक्रीबाट लाखौं आम्दानी गर्दै आएको उनको भनाई छ ।
नगदमै बिक्री वितरण हुने हुँदा किसानलाई आम्दानीको राम्रो माध्यम माहुरी र मह बनेको छ । किसानको मागको आधारमा व्यवसाय सुधार तथा नयाँ व्यवसाय प्रवद्र्धनमा ज्ञान केन्द्रले सहयोग पु¥याउँदै आएको उनले बताए ।