रैत्यौडाको लटिनाथ मन्दिरमा सप्तमीका दिन जात्रा लाग्दै

दार्चुला । महाकाली नगरपालिका–७ रैत्यौडामा अवस्थित लटिनाथ मन्दिरमा कात्तिक २३ गते जात्रा लाग्दैछ । हरेक वर्ष कात्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन लटिनाथ मन्दिरमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ ।

जात्राको दिन विशेष सांस्कृतिक विधिद्वारा पूजापाठ, भक्तजनहरूद्वारा दीयो–बत्ती प्रज्वलन, भजन–कीर्तन जस्ता धार्मिक कार्यहरू हुने लटिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दार्चुलाको लेकम क्षेत्रमा भाइटिकाको दिन देखि रात्रिकालिन जात्रा लाग्ने गर्दैछ्न ।

सम्बन्धित समाचार

ताजा समाचार