दुइ किलो ६ सय १० ग्राम चरेससहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा प्रहरीले २ किलो ६ सय १० ग्राम लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्मा गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय लोकेन्द्र महरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

प्रहरीले विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर ऐरीको टोलीले गएराति पक्राउ गरेको हो । पक्राउ परेका महरलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइदैछ ।

सम्बन्धित समाचार

ताजा समाचार