दार्चुलामा स्वास्थ्य सम्बन्धी सम्पादित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न

दार्चुलामा स्वास्थ्य सम्बन्धी सम्पादित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले आयोजनाले दुई दिने सम्पादित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१मा भएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा प्रस्तुतीकरण गरिएको थियो । दुईदिने गोष्ठी कार्यक्रममा चालु आर्थिक वर्ष २०८१÷०८२का लागि कार्ययोजना निर्माण समेत गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले जानकारी दिनुभयो । 

स्वास्थ्यको क्षेत्रमा जिल्लाको वास्तविक अवस्थाको पहिचान गर्न, नमुना कार्यको अनुसरण गर्न, स्वास्थ्यमा रहेका समस्याको पहिचान गर्न, समस्याको समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिन कार्यक्रममा सुदृढीकरण गरेर अगाडि बढ्नका लागि स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका सबै स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सुरु गरिएको उहाँले बताउनु भयो । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहमध्ये स्वास्थ्य सुचकको आधारमा पालिकाका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाले मुल्याङंकन गरे अनुसार महाकाली नगरपालिका प्रथम नौगाड गाउँपालिका दोस्रो र दुहुँ गाउँपालिका तृतिय स्थानमा रहेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठजनस्वास्थ्य अधिकृत रमेश कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रुमख महादेब बडू कश्यपको प्रमुख आर्थित्यता तथा महाकाली नगरपालिकाका उप प्रमुख दुर्गा विष्ट खत्रीको विशिष्ट आर्थित्यता निमित्त प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमख हर्कराज पन्तको आर्थित्यतामा सम्पादित जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रम जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा संञ्चालन भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार