डडेल्धुराः डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। आलिताल गाउँपालिका–६ फल्ले खर्कका ५१ वर्षीय बिरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन्।
भरुवा बन्दुकसहित २ जना पक्राउ
सम्बन्धित समाचार
ताजा समाचार