सुदूरपश्चिममा एमाले र काग्रेसले टुंग्याए मन्त्रीकाे नाम

कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका हीरा सार्कीलाई पठाइने भएको छ । यी तीनैजना मन्त्री यसअघिको सरकारमा पनि सहभागी भएका थिए । थोरै समय मन्त्री भएको तीनैजनालाई एमालेले फेरि अवसर दिएको हो ।
एमालेले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदलाई पठाउने भएको छ ।
यस्तै नेपाली काग्रस सुदूरपश्चिम संसदीय दलले सरकारमा सहभागि हुनेहरुको नाम टुंगो लगाएको छ । मेघराज खड्का सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खड्काले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।
यस्तै बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राजयमन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।
आज साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्ने र लगत्तै मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार