कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दल कांग्रेस र एमाले बीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको छ। मुख्यमत्री आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय काङ्ग्रेसको भागमा पर्दा भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषी तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय एमालेको भागमा परेको छ।
उद्योग पर्यटक वन तथा वातावर मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउने भनेको छ । सबै दलहरुले करिब मन्त्रीको टुङ्गो लगाइसकेका छ्न्। काङ्ग्रेसले मेघराज खड्का बहादुर सिंह थापालाई मन्त्री बनाउने भएको छ भने एमालेले पुरानै तीन मन्त्री दोहोर्याउने वा नयाँ थप गर्ने विषयमा छलफल गरिरहेको छ । एमलेबाट सुरेन्द्र पाल, विरबहादु थापा र हिरा सार्की यस अघि मन्त्री भएका थिए ।
अहिले यी तिनै जनालाई मन्त्री बनाउने वा अन्य केही थपघट गर्ने भन्ने विषयमा २ बजे संसदीय दलको बैठक निर्णय गर्ने बताएको छ । कांग्रेसले १ बजे दलको बैठकबाट मन्त्रीको निर्णय गर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ । आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले सपथ गर्दैछन्। त्यसलगै मन्त्रहरूको पनि सपथ ग्रहण गर्ने जनाइएको छ।