दार्चुला । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा हरदेव जोशी मनोनित भएका छन् । नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले दार्चुलाका जोशीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
गत ०७९ को निर्वाचनमा प्रदेश सभा (क) बाट उम्मेदवार बनेका जोशी पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् । जोशीले दुई पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका थिए ।
भारतीय प्रवास कमिटी हुँदै राजनीतिमा छिरेका जोशी प्रवाश कमिटी महासचिव उपाध्यक्ष भएर काम गरेका छन् । यस्तै तत्कालीन महाकाली अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

नेकपा एमालेको केन्द्रीय सदस्यमा जोशी मनोनित

