पूर्व मन्त्री बडूले गरे बाढिप्रभावित क्षेत्रमा निरीक्षण

दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले मार्मा गाउँपालिका वडा नम्बर ४ को पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मार्मा गाउँपालिका वडा नम्बर ४ मा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन् ।
मार्मा गाउँपालिकाका जनप्रतिनिधिसँगै बडूले मर्मती क्षेत्रमा निरीक्षण गरेका छन् । पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर लगायत विभिन्न कार्यालयका प्राविधिक सहितको टोली लिएर बडू बाढीपहिरो प्रभावित क्षेत्र पुगेका थिए ।
उनले पहिरोको उचित व्यवस्थापन र प्रभावित क्षेत्रका समुदायको व्यवस्थापनका विषयमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी सँग छलफल गरेका थिए ।
स्थलगत अनुगमनपश्चात क्षतिको प्राविधिक मूल्यांकन, क्षतिग्रस्त संरचनाहरुको पुर्नर्निर्माण र आगामी दिनमा यसको व्यवस्थापनका निम्ति कार्ययोजना बनाउन प्राविधिकहरुलाई निर्देशन दिए । उनले सुदूरपश्चिम प्रदेश सरकारको बजेट आउन बाँकी रहेकोले मार्माको बाढी पहिरो रोकथाम र क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्न प्रदेश सरकार संग आग्रह गर्ने बताए ।
मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ मा गएको पहिरोका कारण ठूलो क्षति भएकाले यसको नियन्त्रण र भावी योजना तयार पार्न प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार