दार्चुला । दार्चुला जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । विहिबार जिल्लालाई एक कार्यक्रमका बीच पुर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाभरिका नौवटै स्थानीय तहका ६१ वडाका जन्मेदेखि १५ महिना सम्मका २ हजार ४१६ तथा १६ देखि ५९ महिनासम्मका ७३१ ज्ना बालबालिकालाई खोप लगाइएको निश्चित भएपछि घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र भट्टले जानकारी दिए ।
यहाँका पालिकास्तरमा पूर्णपालिका खोप सुनिश्चिता ०८० चैत्र २२ देखि सुरु भएको थियो । सुदूरपश्चिम प्रदेशको पूर्ण खोप सुनिश्चितता घोषणा भएको अछामपछिको दोस्रो जिल्ला हो ।
जिल्ला पूर्ण खोप सुनिश्चिता समन्वय समिति दार्चुलाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख महादेव वडु (कस्यप)ले गरेका थिए भने अतिथि महाकाली नगरपालिकाका उपप्रमख दुर्गा कुमारी खत्री विष्ट रहेकी थिइन् । कार्याक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी लगायत सुरक्षा निकायका प्रमुख एव सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
