संगठित सदस्यता नविकरण गर्न नेकपा एमाले दार्चुलाको आह्वान

नेकपा एमालेले देशभर आफ्ना संगठित सदस्यता नविकरण गर्न आह्वान गरेको छ । नेकपा एमाले दार्चुलाले सूचना जारी गर्दै यसअघि संगठित भएर छुटेकाहरुलाई पनि नविकरणमा समावेश हुन आग्रह गरेको छ ।
अहिले अधिकांशले सदस्यता नविकरण गरिसकेका छन् । विगतमा नविकरण छुटेकाहरुलाई पनि अन्तिम मौका दिइएको विज्ञप्तिमा भनिएको छ ।
‘केन्द्रीय सर्कुलर अनुसार दार्चुलामा पनि जेठ मसान्तभित्र संगठित सदस्यता नविकरण गर्न आग्रह गर्छौ’, एमाले जिल्ला कमिटी सचिव एवं संगठन प्रमुख उमेश राज जोशीद्धारा हस्ताक्षतिर विज्ञप्ति भनिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार