अनेरास्ववियूले आफ्नो ६०औँ स्थापना दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । संगठनको स्थापना दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलोले खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गरेको छ ।
खलंगास्थित छन्ना तिंकरी कन्या माबिमा आयोजित कविता वाचन प्रतियोगितामा २९ जना विद्यार्थीले सहभागिता जनाए ।
प्रतियोगितामा डिप्लव धामीले प्रथम, कविता ठगुन्ना द्धितीय र भुमिका पुजारा तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार पाँच हजार नगद र प्रमाण पत्र, द्धितीय पुरस्कार चार हजार नगद र प्रमाणपत्र, तृतीय पुरस्कार तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्रप्रसाद जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सचिव उमेशराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।


अनेरास्ववियुको स्थापना दिवसको अवसरमा दार्चुलामा कविता बाचन




