यी हुन टी–२० विश्वकपका लागि नेपाली टोली

आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा सागर ढकाल र कमलसिंह ऐरीले स्थान बनाएका छन्। यसअघि भारत भ्रमणमा गएका आकास चन्द र विवेक यादव बाहिरिएका छन्।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा ब्याटरको रुपमा छन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्। सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। स्पिनरको रुपमा सागर ढकाल र ललित राजवंशी रहेका छन्।
नेपाली टोली रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।
टी(२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर(८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
नेपालका खेल
नेदरल्यान्डसविरूद्ध ( जुन ४( अमेरिका, डालास
श्रीलंकाविरूद्ध ( जुन ११ ( अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध ( जुन १४ ( सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध ( जुन १६( सेन्ट भिसेन्ट

समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपाल रहेको समूहका खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी(२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी(२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको हो । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर–२ को दुई समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन्।

समूह ए ः् भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी ः इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी ः न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी ः दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

सम्बन्धित समाचार

ताजा समाचार