दार्चुला । नेकपा (एमाले) दार्चुलाले जिल्लामा पार्टीका विषयमा प्रशिक्षण दिन प्रशिक्षक उत्पादन गरेकाे छ । तीन दिनसम्म जिल्लामा चलाएकाे पार्टीको आन्तरिक प्रशिक्षण गरिएको हाे ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय स्कुल विभागको आयोजना, प्रदेश कमिटीको संयोजन र जिल्ला कमिटी दार्चुलाको व्यवस्थापनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालित जिल्लास्तरीय प्रशिक्षक, प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरुका साथै पालिका कमिटी अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय उपमहासचिव एबं केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।

केन्द्रीय उपमहासचिव एबं केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली मुख्य प्रशिक्षक रहनुभएको कार्यक्रममा, स्थायी कमिटी सदस्य एबं जनसंगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, गणेशसिंह ठगुन्ना, स्कुल विभाग सचिव घनश्याम कोइराला, स्कुल विभाग सदस्य सुन्दर लामिछाने, प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसी, केन्द्रीय कमिटी सदस्य एबं दार्चुला इन्चार्ज सहदेब बोगटी लगायत प्रशिक्षक रहेका थिए।







