सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा कृषिमन्त्री नियुक्त

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका सांसद टीका थापालाई मन्त्री नियुक्त गर्नुभएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । यसअघि नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरिएको थियो । चौधरी र थापाकै कारण कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेर राजीनामा दिनुभएको थियो ।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्री पठाएका छैनन् । मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलहरूसँग विश्वासको मत लिने सन्दर्भमा छलफल गरिरहेको बताउनुभएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार