काठमाण्डौ – काठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ुआईक्यू एअरु ले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।
ुआईक्यू एअरु ले आज दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियो । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाण्डौ पहिलो नम्बरमै छ । दोस्रो स्थानमा रहेको चीनको बेइजिङको वायु प्रदूषण सूचक १ सय ५७ भने तेस्रो स्थानमा रहेको भियतनामो हानोईको वायु गुणस्तर सूचक पनि १ सय ५७ मापन गरिएको छ ।








