सोडारीलाई कैलाशले गरेको सर्मथन गैरसंवैधानिक : नाउपा सांसद

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को बहुमत सांसदहरुले कैलाश चौधरी संसदीय दलको नेता नभएको भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नाउवा सांसदहरुले समर्थन गैरसंवैधानिक भनेका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्रको समेत समर्थनमा दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरिसकेका छन् । तर नउपाका बहुमत सांसदले भने कैलाशले गरेको समर्थन गैरसंवैधानिक भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्, जसमध्ये ५ सांसदले प्रदेश प्रमुख मियाँलाई बुझाएको पत्रमा संसदीय दलको नेता घनश्याम चौधरी नै भएको बताएका छन् । चौधरीसहित खुसीराम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरि र लक्ष्मणकिशोर चौधरीले बुझाएको पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टीको दलको नेता भन्दै माननीय प्रदेश प्रमुखलगायत अन्य निकायमा कहीं, कतै, कसैबाट पत्राचार गरिएमा त्यो अमान्यमात्रै होइन, किर्ते हो ।’ उनीहरुले एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको समेत बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार