सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्।
नेकपा एमाले नेता सोडारीलाई समर्थन गर्न तयार भएपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावललाई फोन गरेर निर्देशन दिएपछि एमालेले एकीकृत समाजवादीका नेता सोडारीलाई समर्थन गर्न तयार भएको थियो।
एमालेले नेता सोडारीको नाममा आपत्ति जनाउँदै उनको विकल्प खोज्नपर्ने अडान लिँदै आएको थियो। एमालेसहित माओवादी, नागरिक उन्मुक्तिलगायत स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।







