शिक्षक कर्मचारी र व्यवस्थापन समितिका सदस्यका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनेरास्ववियुको माग

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाले विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक संघका सदस्यहरुले आफ्ना छोराछोरी सोही विद्यालयमा भर्ना गर्न माग गरेको छ । अनेरास्ववियुले बिहीबार सदरमुकाम खलंगास्थित महेन्द्र नमूना मावि खलंगा र छन्नातिंकरी कन्या माविलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
आफ्ना छोराछोरी संस्थागत विद्यालय भर्ना गरेर गरिबका छोराछोरी मात्रै सरकारी विद्यालयमा भर्ना हुँदा शैक्षिक सुधार हुन नसक्ने भन्दै यस्तो माग गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले बताए ।
यस्तै अनेरास्ववियुले वैशाखभित्र विद्यालयको चौतर्फी विकासको लागि सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्न माग गरेको छ ।
शिक्षक कर्मचारी र व्यवस्थापन समितिका सदस्यका छोराछोरी सामुदायिक विद्यालयमा
राष्ट्रिय माध्यमिक विद्यालय दत्तुले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समिति सदस्यका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै भर्ना गर्न भनेको छ । वैशाख ४ गते बसेको व्यवस्थापन समिति बैठकले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्न सबैमा आग्रह समेत गरेको छ ।
व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै विद्यालयका प्रधानाध्यापक कल्यानसिह धामीले निर्णय कार्यान्वयन गर्न सबैमा आग्रह गरेका छन् । विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालयसँग सम्बन्ध राख्ने सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्न आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार