तीन दिन नेपाल–भारत जोड्ने सीमानाका बन्द हुदैँ

दार्चुला । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत जोड्ने सीमानाकाहरु बन्द हुने भएका छन् । भारत उत्तराखण्डमा यहि १९ अप्रिलमा हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द हुने भएका हुन् ।
भारतमा हुने निर्वाचनको लागि भन्दै दार्चुलासँग जोडिएका नाका बैशाख ४ गतेदेखि साँझ ६ बजेदेखि बैशाख ७ गते साँझसम्मको लागि बन्द रहने निमित्त प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।
दार्चुलामा भारतसँग जोडिएका लाली, बाकु, जोलजिवी, दत्तु, पुलघाट खलंगा, तिग्रम, बडुगाउँ, मलघट्टे र सितापुल नाका रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार