पाँच वर्षे रणनीतिक योजना बन्दै

शैल्यशिखर नगरपालिका रोजगार सेवा केन्द्रले शैल्यशिखर नगरपालिकाको पाँच वर्षे रणनीतिक योजना बनाउने भएको छ । नगरभित्रका स्थानीयलाई रोजगारीमा आवद्ध गराउन योजना बनाउन थालेको हो ।
आर्थिक वर्ष ०८०÷०८१ देखि आर्थिक वर्ष ०८५÷०८६ सम्मको लागि रणनीतिक योजना बनाउन लागिएको रोजगार संयोजक तेजराज तिम्लसिनाले जानकारी दिए । रोजगार रणनीतिबारे नगरपालिकामा प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको छ ।
नगरपालिकाभित्रका सरोवारलासँग मस्यौदाबारे प्रारम्भिक अन्तरक्रिया गरिएको उनले बताए ।
नगरपालिकाका नगर प्रमुख विजयसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार