यातायात सुधार गर्ने निर्णय कार्यान्वयन होला त ?

‘दार्चुला बासीको पटक पटकको एउटै माग हुन्छ, यातायात व्यवसायीले मनपरी गर्छन् ।’मनपरी भाडा असुली र यात्रुलाई ठेलमठेल गरेर यात्रा गराउने । हो यस्तै गुनासो अहिले पनि प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी जिल्ला आउने वित्तिकै जिल्लाबासीले गरे ।
प्रजिअको रुपमा आए लगत्तै सोमबार जिल्ला स्थित यातायात व्यवसायी सरोकारवालाको बैठकले फेरि यातायात सुधारको लागि ७ वटा निर्णय गरेको छ । तर निर्णय कार्यान्वय नहुनेमा आंशका भने स्थानीयको यथावत छ ।
बैठकले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनमा टिकट प्रणाली लागू गर्ने । सम्बन्धित यातायात समितिले टिकट प्रणाली लागू गर्ने बैठकले निर्णय गरेको छ । यस्तै लामो दुरीमा सञ्चाल नहुने सार्वजनिक यातायातका साधनमा दुई जना अनिवार्य चालक राख्ने निर्णय समेत गरेको छ ।
सीट क्षमता भन्दा बढि यात्रु बोक्न नपाउने तथा त्यसको निरन्तर अनुगमन गरिने भनिएको छ । प्रयोजन विपरित सञ्चालन भएका सवारी साधन नियन्त्रणमा लिने तथा यसको लागि ट्राफिक प्रहरीलाई निर्देशन दिने भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी जोशीको अध्यक्षतामा बसेको बैठकले सडक सुधार तथा अवरोध हुन नदिने तर्फ ध्यानदिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।
बैठकले गरेका निर्णय हेर्नुहोस् :

सम्बन्धित समाचार

ताजा समाचार