गुण्डागर्दी अझै हटेन शैल्यशिखरमा, सहायक लेखापाल माथि हातपात

दार्चुलाको शैल्यशिखर नगरपालिका कुनै कुनै कारण सधैँ चर्चामा रहिरन्छ । २०७४ यता शैल्यशिखरमा नयाँ नयाँ काण्ड मार्फत चर्चा हुने गरेको छ ।
पछिल्लो ०७९ को स्थानीय तह निर्वाचन पछि पनि शैल्यशिखर उस्तै चर्चाको शिखरमा छ । एकपछि अर्को काण्ड हुँदै आएको शैल्यशिखर नगरपालिकामा चैत १६ गते कार्यालय समयमै सहायक लेखापाल शेरसिह विष्ट माथि कार्य कक्षमै हातपात भएको छ । उनलाई शैल्यशिखर नगरपालिका–९ का धनबहादुर विष्टले मदिरा सेवन गरि हातपात गालीगलौच गर्नुको साथै हातपात गरेका हुन् ।
उनले कार्यकक्षमै प्रिन्ट तोडफोड गर्नुको साथै कागजात च्यातेका छन् । उनीविरुद्ध अभ्रदव्यवहार गर्न नहुने कसुरमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिहले बताए ।
प्रहरीले जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । कार्यालय समयमै कर्मचारी माथि हातपात भएको विभिन्न संघसंगठनले विरोध जनाएका छन् ।
यसअघि पनि पटकपटक शैल्यशिखर नगरपालिकामा कर्मचारी माथि हातपात हुने गरेका घट्ना बाहिरिएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार