अत्यधिक रक्तश्राब भएपछि प्रसुति व्यथा लागेकी महिलाको हवाई उद्धार

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लालीवाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । मकन्ना बस्ने ३६ वर्षीया हरिना देवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत थप उपचारको लागी सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले जानकारी दिए ।

गयराती १२ बजेबाट लाली स्वास्थ्य चौंकिमा पुर्याइएकि जोशीलाइ रक्तश्राब ब्लडिङ को समस्या देखिएपछी गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताए । प्रसुति व्यथाले च्यापेकी महिलासंगै, उहाका श्रीमान तुलादत्त जोशी र देवर पुष्पराज जोशी कुरुवाको रुपमा सुर्खेत गएको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार