दार्चुला । नेकपा एमाले निकट अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले होलि खेलेर अक्षयकोष स्थापना गरेको छ । चैत १० र ११ गते खेलेको होलीबाट संकलन गरिएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो ।
चैत २ गते निर्वाचित अनेरास्ववियुको कमिटीले यो पटक होली खेल्ने निर्णय गरेको थियो । होलीबाट संकलन भएको रकमबाट १० हजार रुपैयाँ बराबरको विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
अनेरास्ववियुले जिल्लाका उत्कृष्ट, जेहेन्दार र गरिव विद्यार्थीको पहिचानसहित प्रोत्साहन स्वरुप सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना गरिएको सचिव पदमराज जोशीले बताए ।
अक्षयकोष संचालन तथा वितरण कार्यविधि बनाएर शैक्षिक सत्र २०८०÷०८१ का २ जना उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सहयोग गरिनेछ ।


होलि खेलेर अक्षयकोष





