दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणले गति लिदै

दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माणले गति लिएको छ ।महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्रमा नेपाल –भारत जोडने पुल निर्माण भइरहेको छ ।

भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाईको उक्त मोटरेबल पुलको जग हाल्ने काम सम्पन्न भइरहेको छ । डबल लेनमा निर्माण सुरु गरिएको पुल भारतीय कम्पनी पीएण्ड आर इन्फ्रा प्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको छ । कुल ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा पुल निर्माण कार्य अघि बढेको छ ।

यो पुल निर्माण भएपछि सुदूरपश्चिमकै व्यापारको ढोका खुला हुनेछ, उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिह थापाले भने । यो पुल सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईसित व्यापारको कडी हुने छ । यो पुलबाट चीनसँगको ताँलाकोट नाका १३४ किलोमिटर र तराईको बह्मदेव २२१ किलोमिटर दूरीमा पर्छ । यो पुलले पहाडी जिल्लामा सीधा व्यापार सम्पर्क जोड्ने उनको भनाई छ ।

नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणपश्चात् दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना रहेको व्यापारीहरु बताउँछन् । भारततर्फ अहिले डबल लेनका सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । भारतबाट सामान ल्याउन कुनै समस्या छैन् । चीनसँगको नाका खुलेलगत्तै दुवै देशको समान दार्चुला भएर तराई क्षेत्रमा जान्छ । दार्चुलाको उत्तरी क्षेत्र जोड्ने गरी निर्माण भइरहेको महाकाली लोकमार्ग महाकाली कोरिडोरलाई चाँडै निर्माण गर्नुपर्नेमा अध्यक्ष थापाको जोड छ ।

सम्बन्धित समाचार

ताजा समाचार