मार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत २७ वर्षीय रोशन अधिकारी निवासमा ढुंगामुढा र आगजनी भएको छ । शुक्रबार बिहान २ बजे सुतेकै अवस्थामा ढुंगामुढा र आगजनी गरिएको हो ।
अज्ञात व्यक्तिले राति आक्रमण गरेर हत्या प्रयास गरेको छ । घट्नाले कसले ग¥यो भन्ने एकिन नखुलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, उनले भने । मैले प्रहरीलाई जानकारी गराएको छु । प्रहरीले अनुसन्धान गरेर घट्नाबारे पत्ता लगाउँला ।
मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले पनि आफु काठमाण्डौंमा रहेको हुँदा घट्नाबारे पूर्ण जानकारी पाउन नसकेको बताए । कसले ग¥यो भन्ने बारेमा प्रहरीकै अनुसन्धानमा भर पर्नुपर्छ । जिल्लाबाट अनुसन्धान टोली मगाएका छौं । पहिलोपटक यस्तो घट्ना भएको हुँदा गम्भीरतापूर्वक लिएको छु धामीले भने ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले घट्नाबारे पूरा विवरण नआएको बताए । ‘हामीले अनुसन्धान टोली जिल्लाबाट पनि खटाएका छौ,’ इन्स्पेक्टर भण्डारीले भने, ‘इलाका प्रहरी कार्यालयले पनि घट्नाबारे अनुसन्धान गरिरहेको छ ।’
इलाका प्रहरी कार्यालय नजिकै रहेको प्रमुख प्रशासकीय अधिकृत निवासमा आगजनी गरिएको हो । प्रहरीले पुगेर निवासमा लगाएको आगो नियन्त्रणमा लिएको भण्डारीले बताए ।

प्रशासकीय अधिकृत अधिकारी निवासमा आगजनी हत्या प्रयास

