जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा पुस्तकालय स्थापनार्थ इन्सेक दार्चुलाले पुस्तक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयले हिरासतमा रहेकाहरुलाई अध्ययनमा सहयोग पुगोस भन्नको लागि पुस्ताकालय स्थापना गरेको छ ।
हिरासतमा रहेका पुस्तकालय सहयोगका लागि इन्सेक दार्चुलाले मानवअधिकार सम्बन्धि विभिन्न पुस्तक सहयोग गरेको हो । इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी इन्स्पेक्टर गोविन्द भण्डारीलाई मानव अधिकार सम्बन्धि विभिन्न पुस्तक हस्तान्तरण गरे ।
मानव अधिकार वर्ष पुस्तक, मानव अधिकार सम्बन्धि विभिन्न प्रकाशनहरु हस्तान्तरण गरिएको छ । हिरासतमा पुस्तकालय स्थापना गरिएको भए पनि पुस्तक अभाव रहेको थियो, इन्स्पेक्टर भण्डारीले भने, ‘यो पुस्तकले हामीलाई पनि सहयोग पुग्छ ।’