मार्मा गाउँकार्यपालिका सदस्य टमटाको निधनमा आज पालिकाभरी विदा

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा मंगलबार आज शोक विदा दिइएको छ । मार्मा गाउँकार्यपालिका सदस्य दिलाराम टमटाको निधनमा पालिकाभरी सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले जानकारी दिनुभयो ।

दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा गाउँपालिकाले समवेदना व्यक्त गरेको छ । साथै मंगलबार गाउँपालिकाभरी शोक विदा मनाइने भएकाले गाउँपालिकाभरिका सरकारी कार्यालय, विद्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार