दार्चुलामा बस दुर्घटनामा घाईते भएका १६ जनाकै परिचय खुलेको छ । घाईते हुनेमा बैतडीको पाटन नगरपालिका १ का १७ वर्षीय लक्ष्मण महरा, अपिहिमाल गाउँपालिका ३ का १७ वर्षीय भरत धामी, दशरथचन्द नगरपालिका ४ का २४ वर्षीय प्रशान्त पौडेल, व्याँस गाउँपालिका ४ का ५४ वर्षीय परमानन्द भट्ट, महाकाली नगरपालिका ५ का ६० वर्षीय पशुपती टमटा, महाकाली ५ कै १९ वर्षीय निरुता ओड, महाकाली १ का लालसिंह कार्की, दार्चुलामा कार्यरत एपिएफ जवान मेलौली ६ का ३९ वर्षीय तारादत्त ओझा, सवारी चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका २८ वर्षीय महेश भट्ट, मार्मा ६ का ४० वर्षीय नरेन्द्र धामी, दुहुँ ३ का ३५ वर्षीय हर्कसिंह कार्की, महाकाली १ का ३९ वर्षीय जगत कार्की र कञ्चनपुर शुक्लफाटा १ का २३ वर्षीय भुवन ठगुन्ना रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
उक्त गाडी बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट बसालीका जनक ठगुन्नाको रहेको बुझिएको छ । दुर्घटनामा परि गम्भिर घाईते मध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलिप बहादुर बमको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी धनगढी रिफर गरिएको र उहाँसगै सामान्य घाईते रहेका बमकै २३ वर्षीय बुहारी कमला बम र ४ वर्षीय नाती हिमान्सु बमलाई पनी धनगढी नै पठाईएकोे जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले बताउनुभयो । थप अहिले एकजना घाईते थपिएको र १३ जना घाईतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको उहाँलले बताउनुभयो ।
अझै एकरदुई जनालाई वाहिर रिफर गर्नुपर्ने हुन सक्ने सुचना अधिकारी भट्टले बताउनुभयो । एकै घरका ४ वर्षीय बालक सहित तीन जना घाईते भएपछि परिवारजन चिन्तित छन । घाईतेहरुको रिपोट आउन अझै बाकीँ रहेको अस्पतालले बताएको छ ।