बढ्दो अनलाइन पत्रकारिताको अभ्याससँगै दुर्गम क्षेत्रबाट हामी फेरि एक कदम अघि बढेका छौं । प्रिन्ट संस्करणको आफ्नै विशेषता हुँदाहुँदै पनि बढ्दो प्रविधिको प्रयोगले अनलाइन पत्रकारिताको महत्व बढाउँदै लगेको सन्दर्भमा हामीले एकपाइलो डटकम मार्फत नयाँ अभ्यासको थालनी गरेका छौ ।
हरेकको हातमा हुने एन्ड्रोइड मोबाइलका कारण विश्वव्यापी सूचना लिन, दिनेक्रम बढेको छ । मोबाइल पत्रकारिताको अभ्यास भइरहेको वर्तमान समयमा हामीले अनलाइन संस्करणलाई नयाँ अध्यायको रुपमा लिएका छौं । अरु अनलाइन भन्दा भिन्न प्रस्तुति दिने ध्येयका साथ सुरुवात भएको हाम्रो पत्रकारिता दार्चुलाको विकटता उजागर गर्ने माध्यम बन्नेछ ।
छापा, रेडियो, टेलिभिजन हुँदै अहिले सबैको मनमस्तिस्कमा बस्न सफल भएको न्यू मिडिया सँग पाइला मिलाउनुको विकल्पको रुपमा हामीले अनलाइन पत्रकारिताको थालनी गरेका छौं । भिन्न पत्रकारिताको अभ्यासको रुपमा हामीले एक पाइलो मल्टिमिडिया प्रालि अन्तर्गत पहिलो चरणमा अनलाइन संस्करण आरम्भ गरेका छौं ।
हामीले दिने हरेक विषयवस्तु अब फरक तर डिजिटलाइज गर्ने प्रयास रहनेछ । उहि विषयवस्तु तर तथ्य परक ल्याउने प्रयास हाम्रो रहने छ । ‘सत्य नमोड्ने, तथ्य नबङ्ग्याउने’ पत्रकारिताको मूल मर्म हामीले अनुसरण गर्नेछौं । बढ्दै गइरहेको एलो जर्नाजिम भन्दा हामी एकान्त बस्तीका, नदेखिएका तर देखाउन लायक सामग्री प्रस्तुतिमा हाम्रो ध्यान रहने छ ।
हरेकको हातमा प्रयोग भइरहेको एन्ड्रोइडमा आउने सानो सूचनालाई तथ्यसँगै सत्य जोड्ने हो विश्वव्यापी समाचार बन्न सक्छ भन्ने मान्यता हामीले आत्मसाथ गरेका छौं । दुर्गम बस्ती, अब दुर्गम रहेनन् । भनेजस्तै मोफसल पत्रकारितालाई निखार ल्याउँदै प्रविधिको विकासले विश्व सामू परिस्कृत गर्दै लैजाने ढोका अनलाइन पत्रकारिताले सुरु गरेको छ । र यहि बाटो आत्मसाथ हामीले गरेका छौं । गोदी पत्रकारिता गर्नु छैन् तर सत्य उजागर गर्दा पछुतो नहुने गरी हाम्रो पाइलो अघि बढ्ने छ ।
हामीले समाजको कमजोर पक्षलाई उजागरमात्र हैन्, सबल पक्ष पनि उजागरको लागि प्लेटफर्म दिलाउन एकपाइलो ल्याएका हौं । प्रतिस्पर्धा समाचारमा होइन, सत्य उजागर गर्नुपर्छ भन्ने हामीले बुझेका छौं । दुर्गम क्षेत्रमा लामो समयदेखि गर्दै आएको पत्रकारिता अभ्यासमा नयाँ थालनीको रुपमा हाम्रो पत्रकारिता अघि बढ्नेछ । अनलाइन, सँगै हाम्रो युट्युब च्यानलमार्फत यहाँका हरेक विषयवस्तु उठान गर्ने हाम्रो योजना छ ।
नौ वटा स्थानीय तह रहेको दार्चुलाका हरेकका योजना, र विकास निर्माण हामीले देखाउनुछ । संघीयताको सफल कार्यान्वयन र जनताको सारथि बन्न हामी प्रेरितछौं । जनताका हरेक समस्या सुन्न हामी आतुर छौं । जनताको गुनासा जस्ताका त्यस्तै हामी देखाउने छौं र खोज्ने छौं उत्तम विकल्प । हामी न्यायाधीश बन्दैनौं तर सत्यको बचाउ गर्न कहिल्यै पछि पर्ने छैनौं । संकल्प गरेका छौ त केवल दुर्गमका खबर सुगम पु¥याउने । यो पहिलो कदममा सबैको सहयोग र सहकार्य रहनेछ भन्ने अपेक्षासहित हामी आएका छौं ।

डिजिटल पत्रकारितामा एक कदम

