दार्चुला जिल्लाको महाकाली नगरपालिका–७ धापमा कम्बल वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गदैँ वडाकार्यालयमा कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।वडामा रहेका ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल महिला गरिब, विपन्न, दलित परिवारलाई कम्बल विरतण गरिएको महाकाली नगरपालिका नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले जानकारी दिनुभयो । वडामा रहेका १३५ जना ६० वर्ष माथिका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको उहाँले बताउनु भयो । वडा कार्यालयले जेष्ठ नागरीक सम्मान कार्यक्रम अन्तरर्गत चालु आर्थिक वर्षमा १ लाख ९० हजार रुपैयाँ बजेट विनीयोजन गरेको थियो । यहाँका नागरिकहरुलाई चिसोमा न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष सोबन सिह रैखालाले जानकारी दिनु भयो । प्रतिव्यक्ति एउटा कम्बलका दरले १३५ जनालाई कम्बल वितरण गरिएको उहाँले बताउनु भयो ।
जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ दलित नागरिकलाई राहत पुगोस भन्ने उद्देश्यले कम्बल विरतण गरिएको वडा कार्यालयले जनाएको छ ।
कम्बल वितरण कार्यक्रममा नगरपालिकाका नगर प्रमुख नर सिह चैसिरको प्रमुख आर्थित्यता एवम उप प्रमुख दुर्गा खत्री विष्टको विशिष्ट आर्थित्यता तथा प्रमुख प्रशासकिय अधिकृत नर सिह बडालको आर्थित्यतामा कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । जेष्ठ नागरीकहरुले न्यानो कम्बल पाएपछि खुशी भएका छन ।