दार्चुलाको अपि हिमाल गाउँपालिकाले चमेलिया नदीको मुहानमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण गर्न थालेको छ । गत महिना देखि पालिकाका विभिन्न ठाउँमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण कार्य भइरहेको अपि हिमाल गाउँपालिकाले जनाएको छ । चमेलिया नदीको मुहान संरक्षण संगै पर्यटक, तिर्थयात्रीहरुलाई आवत जावतमा सहजताका लागि भन्दै पालिकाले अहिले गाउँपालिकाका विभिन्न ठाउँमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनु भयो । गाउँपालिकाको आफनै लगानीमा पालिकाका चार ठाउँमा काठेपूल निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम संञ्चालन गर्ने तयारी भएको उहाँले बताउनु भयो ।गाउँपालिकाले चमेलिया नदीको मुहान संरक्षण क्षेत्रमा एउटा, कालीढुंगा ताल जाने ठाउँमा एउटा, धौली ओडारमा एउटा तथा भबैया खोलामा एउटा गरी चार ठाउँमा काठेपूल निर्माण कार्यसम्पन्न गरेको गाउँपालिका अध्यक्ष ठेकरे बोहराले बताउनु भयो । यसका लागि पालिकाले मुहान संरक्षणा लागि १० लाख, काठेपूल निर्माणका लागि ४ लाख ,रुपैया बजेट विनीयोजन गरेको छ । यस्तै पर्यटकीय सुचना केन्द्र स्थापनाका लागि १५ लाख रुपैया बजेट विनीयोजन गरीएको अध्यक्ष बोहराले बताउनु भयो ।पर्यटन बोर्डको सहकार्य तथा पालिकाको समन्वयमा मकरीगाडमा पर्यटकीय सुचना केन्द्र स्थापना हुने गाउँपालिकाले जनाएको छ । जसमा ६० प्रतिशत पालिकाको र बाकी ४० प्रतिशत पर्यटन बोर्डको रहने बताइएको छ । पर्यटन बोर्डले सुचना केन्द्र स्थापना ९एसटीएलआरपी० पोजेक्ट मार्फत संञ्चालन गर्ने जनाएको छ । अपि हिमाल गाउँपालिकाले पालिका क्षेत्रमा रहेका होमस्टेहरु समेत मर्मत सम्भारका साथै नयाँठाउँमा थप गर्ने जनाएको छ । विभिन्न ठाउँमा रहेका होम स्टेहरुको प्रचारप्रसार गर्न र स्थानिय कला सस्कृतिको जर्गेनाका लागि पनि अहिले अपि हिमाल गाउँपालिका पर्यटक क्षेत्रको विकासमा लागि परेको छ । केही समय पहिले गाउँपालिकाले पर्यटन भ्रमण वर्ष समेत आयोजना गरेको थियो । पर्यटनको विकासका लागि भ्रमण सप्ताह आयोजना गरि करिव २सय व्यक्तिहरुलाई अपि हिमालमा पु¥याउन सक्नु पालिकाको उपलब्धी भएको गाउँपलिकाले जनाएको छ ।