चिसो बढेसँगै दार्चुलामा दम रोगका बिरामीको संख्या बढ्दै गएको छ। चिसो सुरू भएयता जिल्ला अस्पताल दार्चुलामा बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । चिसो बढेसँगै जिल्ला अस्पतालमा अहिले दैनिक ३ देखि ५ जना सम्म दमका रोगीहरु उपचारका लागि आउने गरेको अस्पतालका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनु भएको छ ।
दमका विरामीहरुलाई अस्पताले बेला बेला अक्सिजनमा राखेर उपचार गरिरहेको उहाँले बताउनु भयो । अहिले दैनिक रुपमा ४५ देखि ५० वर्ष सम्मका व्यतिmहरु बढिजसो दमका आउने गरेको बताइएको छ । चिसो बढेसँगै दार्चुलामा मौसमी रुघाखोकी लगाएत अन्य खालका बिरामीहरूको संख्यामा बृद्धि हुने भएकाले चिसोमा काम नर्गन डाक्टहरुले सुझाव दिएका छन । मंसिर दोस्रो सातादेखि अस्पतालमा दम लगायत अन्य खालका विरामीहरूको संख्यामा बृद्धि भएको सूचना अधिकारी भट्टले बताउनु भयो ।
चिसो समयमा बालबालिकाहरू तथा बृद्धबृद्धाहरुमा निमोनियाको समस्या प्राय बढि हुने भएकाले घरपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ । चिसो बढेसँगै बालबालिका वृद्ध मात्रै नभई गर्भवती महिला र नवजात शिशुसमेत प्रभावित हुने भन्दै स्वाथ्यमा ख्याल राख्न आग्रह गरिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत चिसो बढेसँगै बिरामीको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
चिसोको समयमा भाइरसहरू सक्रिय भएर बालबालिबालिका र बृद्धबृद्धाहरूलाई असर पार्ने भएकोले चिसोबाट बच्न तातो लुगा लगाउन, तातो, झोलिलो खानेकुरा खानु पर्ने महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक जयबहादुर फर्सवानले जानकारी दिनु भयो । दम लगायत रूघाखोकि लम्बियो अथवा स्वास्थ्यमा थप समस्या आएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीहरूले सुझाब दिएका छन्।