नेकपा एमाले दार्चुलाको नौँ जिल्ला अधिवेशन अगामी पुष १८ र १९ गते हुने

नेकपा एमाले दार्चुलाले आगामी पुष १८ र १९ गते नौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । मंसिर २० गते अधिवेशन व्यवस्थापन समितिको बैठक बाट पार्टीको नौ जिल्ला अधिवेशन अगामी पुष १८ र १९ गते गर्ने निर्णय गरेको हो । यसका लागि अहिले जनवर्गिय संगनका भेला बैठकहरु निरन्तर रुपमा जारी रहेको जिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भएको छ ।

बैठकले नवौँ जिल्ला अधिवेशन जिल्ला सदरमुकाम खंलगामा गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । जिल्लाको नेतृत्वमा पुन प्रेम सिह धामी दोहरिन सक्ने उनी निकट नेताहरुले आकलन गरे पनि धामीले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेका छैनन् । जिल्ला कमिटिको अध्यक्ष भएपश्चात पार्टिको संगठन विस्तारमा जोडा दिएका धामी अहिले पनि गाउँमा गएर जनताका पिरमर्का बुझनमा व्यस्त देखिएका छन । आज मात्रै जिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामीको टोली नौगाड गाउँपालिकाको दल्लेख पुगेको छ ।

त्यहा उनले पार्टीका नेता कार्यकर्ताहरुलाई भेटेर नौँ जिल्ला अधिवेशनको तयारीमा लाग्न निर्देशन दिएको उनीनिकट एक नेताले जानकारी दिनु भएको छ ।अधिवेशनका लागि जिल्लामा पालिकास्तरीय भेला बैठक सम्पन्न गरी प्रचार प्रसारको कामलाई तिब्रता दिइन थालिएको छ । नौ जिल्ला अधिवेशनबाट एमालेले नयाँ नेतृत्व पाउने आकंलन समेत गरिएको छ । जिल्लाकमिटि पदाधिकारीको कार्यअवधि २ वर्षको हुने गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार