ईजरायलमा ज्यान गुमाएका धामीको श्रीमतीलाई गाउँपालिकाले दियो रोजगारी

दार्चुलाः गत असोज २० गते हमासको आक्रमणमा ईजरायलमा निधन भएका मालिकार्जुन गाउँपालिका वडा नंं ४ निवासी स्व. लोकेन्द्र सिंह धामीको श्रीमती मन्जु खत्री मालिकार्जुन गाउँपालिकाले रोजगारी दिएको छ । गाउँपालिकाले मञ्जुलाई कार्यालय सहयोगी पदमा नियुक्त गरि जागिरको अवसर प्रदान गरेको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले बताउनु भयो । अध्यक्ष धामीका अनुसार धामीको परिवारले व्यहोरेको क्षतीमा थोरै भए पनि राहत प्रदान गर्ने गरि पालिकाले मञ्जुलाई सानोतिनो रोजगारी व्यवस्था गरेको बताउनु भयो । लोकेन्द्रले पढ्दै कमाउदै कार्यक्रम अन्तरगत ईजरायल गएको समयमा हमास समुहको आक्रमणमा परि ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार