भारतले दिएका १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

भारतले दिएका १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेका छन्।आज बुधबार साँझ नेपालगञ्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्।गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने बताएको थियो।सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो।अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच९पाँच वटाको दरले बाँड्ने मन्त्रालयले निर्णय गरेको लहान पशु प्रजनन केन्द्रका प्रमुख शिवनाथ महतोले बताउनुभयो। मन्त्रालयको निर्णयअनुसार यहाँबाट हामी भोलि आफ्नो भागमा परेको राँगा लैजान्छौं, उहाँले भन्नुभयो सरकारले रैथाने भैंसीहरूको नश्ल सुधार गर्ने र दुध उत्पादन पनि बढाउने भन्दै २०७३ सालमै मुर्रा राँगा ल्याउन पहल सुरू गरेको थियो। पशु विज्ञहरूका अनुसार उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिणाममा दूध दिन्छन्। सोही कारण सरकारले रैथाने भैंसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउन पहल गरेको थियो।

सम्बन्धित समाचार

ताजा समाचार