‘स्थानीय कला संस्कृति जगेर्ना गर्न प्रत्यनशिल छौं’ अध्यक्ष धामी

मालिकार्जुन गाउँपालिका–७ जोलजीविमा तीन दिनसम्म लागेको ऐतिहासिक जोलजीवि मेला आइतबार समापन भएको छ । मङ्सिर १ गतेबाट सुरु भएको ऐतिहासिक जोलजीवि मेला महोत्सव समापन भएको हो ।
सयौ वर्षदेखि लाग्दै आएको जोलजीवि मेला महोत्सलाई अझै परस्कृत गर्दै स्थानीय कला संसकृति जगेर्ना गरिने मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए । ‘विगतमा कसले सुरुवात गरे, त्यो मात्र महत्वपूर्ण कुरा हैन,’ उनले भने, ‘हुँदै आएको मेला महोत्सवलाई कसरी निरन्तरता दिदै मौलिकता दिने यो महत्वपूर्ण हो ।’ अहिले पहिलोपटक स्थानीय कला संस्कृति संरक्षणको लागि महोत्सव लगाइएको हो ।
अन्तर वडाबाट विभिन्न तीन वटा विधामा संस्कृति हेर्न देख्न पाइयो । अझै यसलाई आगामी दिनमा युवा बालबालिकाहरुलाई समेत कसरी समेटेर लिने हामी अगाडि बढ्छौ उनको भनाई छ । ‘मेला महोत्सवलाई मौलिकता बनाउन सक्यौं भने सबैको अपनत्व हुन्छ,’ अध्यक्ष धामी भन्छन्, यो कुनै वडा विशेष को महोत्सव होइन्, अहिले समग्र पालिकाले मेला महोत्सवको अपनत्व लिएको छ । यसलाई हामी प्रदेश सरकार र संघीय सरकारसँग समेत मेला महोत्सव जोड्न चाहन्छौ ।
पहिलोपटक सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल शाहसँगै दुई जना मन्त्री जोलजीवि मेलाको उद्घाटन गर्न पुगे । अब यो मेलालाई पूर्ण तह सबैको स्वामित्व हुने गरी अघि बढ्नुपर्छ ।
मालिकार्जुन गाउँपालिकाले नीति कार्यक्रममार्फत नै जोलजीवि मेलालाई अझै परस्कृतगर्दै मेलाको मर्मभावना अनुसार अघि बढ्न प्रयत्नशिल रहेको उनले बताए । त्रिदेशीय मेलालाई अहिलेको जनताको आंकाक्षाअनुसार अघि बढ्नुपर्छ ।

सम्बन्धित समाचार

ताजा समाचार