नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित २२ जनाको रिटमा सुनुवाई हुँदै

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित २२ जनाले पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमाथि आज सुनुवाइ हुँदै छ ।

शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेलगायतले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

गत असार १ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि अभियुक्तहरुलाई थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश बदरको माग गर्दै अभियुक्तहरुले उच्च अदालतमा साउन १२ गते निवेदन दर्ता गराएका थिए । त्यसयता पटक–पटक निवेदन पेसीमा चढेको भए पनि कहिले आरोपितका कानुन व्यवसायीको आग्रहमा त कहिले जिल्ला अदालतबाट प्रतिवेदन नआएको भन्दै स्थगित हुँदै आएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार