भारत सरकारद्वारा भुकम्प पीडितका लागी दिएको राहत सामग्रीको विवरण सार्वजनिक

नेपालगन्ज – भारत सरकार द्वारा नेपालगन्ज रान्झा एयरपोर्टमा पठाएको राहत सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय बाकेले सार्वजनिक गरेको छ । जाजरकोट र पश्चिम् रुकुममा गएको भुकम्पका पीडितहरुको लागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सान्झा गरेको सन्देश अनुसार ९ भारतिय जनताद्वारा नेपाली जनतालाई सहयोग उल्लेख गरेको सन्देश सहित भारतिय राजदुत नवीन श्रीवास्तवले उप(प्रधानमन्त्री एवं रक्षा मन्त्री पुर्ण बहादुर खडकालाई हस्तान्तरण गर्नु भएको थियोे । हस्तान्तरण कार्यक्रममा बाकेका प्रमुख जिल्ला अधिकारी , कर्मचारी , पत्रकार सहितको उपस्थिति रहेको थियो । सोमवार कार्तिक २० गतेका दिन अपरान्हमा भारतिय बिमानबाट प्राप्त राहत सामग्रीको बिवरण यस प्रकार रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

ताजा समाचार