काठमाण्डौ । भारतीय सेयर बजार आउँदो वर्ष ३७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
भारतीय रिजर्भ बैंक ९आरबीआई० को प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। सन् २०२४ मा सेन्सेक्समा अधिकतम ३७ प्रतिशतको उछाल वा ३३ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रतिवेदनमा अनुमान गरिएको छ। यो अवधिमा भारतमा पर्सनल लोनमा ४ प्रतिशतको बढोत्तरी हुन सक्ने अनुमान गरिएको छ।
आरबीआईले आउँदो वर्ष भारतमा महँगी १।३५ प्रतिशत र कमाई ३।१५ प्रतिशतको दरले बढ्न सक्ने पनि जनाएको छ। अर्थात महँगीको तुलनामा कमाइ लगभग साढे दुई गुणाले बढ्ने अनुमान गरिएको छ।
भारतमा निजी खर्च पनि आसैतमा १।८७ प्रतिशतले बढ्ने आरबीआईको प्रतिवेदनमा उल्लेख छ।