सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा मोरङको विराटचोकमा बाहिनीस्तरीय नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक बसेको छ ।
शनिबार नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल ९एसएसबी० का अधिकारीबीचको बैठकले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सहकार्य गर्ने सहमति गरेको छ ।
सीमा क्षेत्र लक्षित दुई देशीय सुरक्षा संवेदनशीलताका विषयमा गम्भीर ढंगले छलफल भएको बैठकमा सीमा अपराध नियन्त्रणका लागि सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता प्रहरी अधिकृतहरुले जनाएका छन् ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेल र भारतका तर्फबाट सिलिगुडीस्थित एसएसबीका डीआईजी डीबी सोनारले बैठकको नेतृत्व गरेका थिए ।
बैठकमा सीमा अपराध, अवैध गतिविधि, भन्सार चोरी निकासी, सीमामा हुने अवाञ्छित गतिविधि, दशगजाको अतिक्रमण, लागूऔषध, मानव बेचबिखन एवं ओसारपसार नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको थियो ।