नेपालीहरुको महान् चाँड विजया दशमी तिहार नजिकै गर्दा दार्चुलामा बजार अनुगमन कार्यलाई तीब्रता दिइएको छ । दशै तिहारका बेला उपभोक्ताहरु ठगिने भन्दै बजार अनुगमन समितिले दार्चुला जिल्लाका मुख्य बजार क्षेत्रमा बजार अनुगमन कार्य तीब्र बनाउने पूर्व निर्णय अनुसार खलंगा क्षेत्रमा बजार अनुगमन गर्न लागेको हो ।
यसैविच शुक्रबार आज जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप सिह धामीको टोलीद्धारा बजार क्षेत्रमा अनुगमन गरिएको छ । महाकाली नगरपालिका वडा ४ र ५का २० वटा खाद्य पसल तथा मासु पसलहरुमा अनुगमन गरिएको छ ।
दशैतिहारलाई मध्यनजर गर्दै महंगी, कालोबजारीलाई नियन्त्रण गर्ने उद्देश्यले अुनगमन समितिको टोलीले बजार अनुगमन गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप सिह धामीले जानकारी दिनु भयो ।
शुक्रबार बजार अनुगनमा जिल्ला प्रशासन कार्यालय दार्चुला, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रण कार्यालय, महाकाली नगरपालिका, घरेलु तथा सना उद्योग विकास समिति तथा पशु शाखाको संयुक्त टोलीले बजार अनुगमन गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ तथा ५का विभिन्न खुद्रा पसल, तरकारी पसल, मासु पसल तथा होटेलहरुमा बजार अनुगमन समितिले अनुगमन गरेको उहाँले बताउनु भयो ।
अनुगमनका क्रममा अनुगमन समितिले विभिन्न पसलहरुबाट म्याद नाघेका पेय पदार्थ, खाने तेल, विष्कुट मसला, चुइगम लगायतका अखाद्य वस्तुहरु बरामद गरी स्थानीयहरुको रोहबरमा नष्ट गरिएको प्रशासनले जनाएको छ ।
चाडपर्वको समयमा व्यापारीहरुले उपभोक्ताहरुबाट बढी मुल्य अशुल्ने, न्युन गुणस्तर भएका खाद्य बस्तु विक्रि गर्ने, म्याद नाघेका समाग्री बिक्री गर्ने गरेकोले बजार अनुगमन गर्न लागिएको अनुगमन समितिकामा गएका दार्चुला उद्योग बाणिज्य संघ उपाध्यक्ष विसन सिह बोहराले जानकारी दिनु भएको छ ।
अनुगमन टोलीले २५ हजार ४१० रुपैँया बराबरको समान नष्ट गरेको जनाएको छ । अनुगमन समितिले उपभोक्ता हक हित संरक्षण अन्तर्गत उपभोग्य वस्तुको मूल्य, तौल र गुणस्तरको कारोबारलाई प्राथमिक्तामा राखी अनुगमन गर्ने निर्णय गरेअनुसार जिल्ला सदरमुकाम क्षेत्रका पसलहरुमा अनुगमन कार्य भइरहेको बताइएको छ ।