चिनियाँ ठेकेदारको ट्रयापमा पोखरा मुग्लिन र नारायणगढ बुटवल सडक, कामै नगरेपछि तोडिँदै ठेक्का

काठमाडौं। निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ बुटवल र पोखरा मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। पोखरा(मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ( बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा गत बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको बताइसकेका छन्। यो दुबै सडकको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो।

‘पोखरा(मुग्लिन सडकखण्डको पूर्वतिर काम भएको छ। पश्चिमतर्फको त्यति काम हुन सकेन। सायद अब त्यहाँ ठेक्का सम्झौता तोड्नुपर्ने हुन सक्छ। त्यसको लागि तयारी भइरहेको छ,’ उनले भने।

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम भइरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१।५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा ८ प्रतिशत प्रगति भएको छ। यो खण्डमा काम सुस्त छ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ भदौसम्म छ।

भौतिक मन्त्रालयका वैदेशिक महाशाखाका सहसचिव अर्जुनजंग थापाले पनि पोखरा( मुग्लिन सडक विस्तारको पश्चिम प्याकेजको ठेक्का तोड्ने तयारी भएको बताए। ‘कामै नगर्ने निर्माण कम्पनीको ठेक्का तोडिने छ,’ उनले भने।

उनका अनुसार निर्माण कम्पनीलाई यसअघि नै मन्त्रालयले चेतावनी दिइसकेको छ। यसरी चेतावनी दिएपछि निर्माण कम्पनीले उपकरण केरुङ नाकामा ल्याइसकेको फोटो पठाउन थालेको उनले बताए। तर ती उपकरण नेपाली सर्भरभित्र आइसकेका छैनन्।

सम्बन्धित समाचार

ताजा समाचार