सिरियाको एक सैन्य एकेडेमीमा ड्रोन आक्रमण कम्तिमा १०० जनाको मृत्यु

एजेन्सी – सिरियाको एक सैन्य एकेडेमीमा ड्रोन आक्रमण भएको छ, जसमा कम्तिमा १०० जनाको मृत्यु भएको बताइएको छ । सिरियाको होम्स सहरमा रहेको सैन्य कलेजमा यो हमला गरिएको हो । जब यो हमला भयो, त्यहाँ एक स्नातक समारोह चलिरहेको थियो। बिहीबार भएको यो ड्रोन हमलामा १०० जनाभन्दा बढीको ज्यान गएको खबर आइरहेको छ । यस ड्रोन आक्रमणमा दर्जनौं घाइते भएका छन् । एक अधिकारीबाट प्राप्त जानकारीका अनुसार सिरियाली रक्षा मन्त्रीले स्नातक समारोहबाट निस्केको केही मिनेटमै सशस्त्र ड्रोनले उक्त ठाउँमा हमला गरेको थियो। विज्ञप्तिमा कुनै पनि संगठनको नाम उल्लेख गरिएको छैन र कुनै समूहले तत्काल आक्रमणको जिम्मेवारी लिएको छैन।

सम्बन्धित समाचार

ताजा समाचार