गाउँमा स्टेचर नहुँदा बिरामीलाई सास्ती

दार्चुला । लेकम गाउँपालिकाका स्वास्थ्य चौकीमा स्टेचर नहुँदा बिरामीलाई सास्ती भएको छ । स्वास्थ्य संस्थामा स्टेचर नहुँदा बिरामीलाई काठमा झुन्ड्याएर बोक्नुपर्ने बाध्यता भएको स्थानीय बताउँछन् ।
लेकम गाउँपालिका– ५ पिर्तोलीका ४५ वर्षिया भागरथी भट्टलाई आइतबार बेलुका ७ बजेतिर एक्कासी बेस्सरी पेट दुख्ने, हातखुट्टा सन्निने, छाती दुख्ने समस्या भयो । गाउँमा स्टेचर खोजि भयो तर कहि भेटिएन् । नजिकैको स्वास्थ्य चौकीमा गए पनि स्टेचर नेभटिएपछि परिवार आत्तियो । स्टेचर नपाएपछि स्थानीयले महिलालाई काठमा झुण्ड्याएर मेडिकलसम्म लिनुपरेको विरामीका छोरा नवराज भट्टले बताए ।
‘अस्पताल लैजान पनि राति भइसकेको थियो । घरमा गर्नुपर्ने उपचार सबै गरियो ।’ निको नभएपछि उनीहरुले सोमबार विरामीलाई शैल्यशिखर–६ पनेबाजको मेडिकल पु¥याएर उपचार गराएका छन् । ५ किलोमिटर बढि विरामीलाई काठमा बाधेर लगिएको उनले बताए । गाउँकै अर्को वडाबाट स्टेचर ल्याउन तीन घण्टा बढि समय कुनुपर्ने भएपछि स्थानीयले काठमा डोरी बाधेरी विरामी बोकेका हुन् ।
लेकम गाउँपालिका–५ चौपातासम्म सडक पुगे पनि बर्खामा अवरुद्ध भएयता खुलेको छैन् । जसको कारण विरामीलाई काठमा बोकेरै लिनुपर्ने बाध्यता छ । ‘सडक खुलेको भए पनि विरामीले सास्ती भोग्नुपर्दैन थियो,’ उनले भने ‘विकट वस्तीबाट घण्टौ हिडाएर मेडिकलसम्म पु¥याउँदा ज्यानको निकै जोखिम छ ।’
सुत्केरी, विरामी हुँदा पनि गाउँमा स्टेचरको समस्या हुने गरेको छ ।’ पिर्तोलीमा मात्रै ५० बढि परिवारको बसोबास छ ।
वडा नम्बर ५ मा रहेको रिठचौपाता स्वास्थ्य चौकीमा समेत स्टेचर अभाव रहेको स्वास्थ्य चौकी इन्चार्ज दामोदर जोशीले बताए । म आएको एक वर्ष भयो । स्टेचर खरिद गरिएको छैन् । एउटा भाचिएको स्टेचर थियो । त्यो पनि गाउँमा लगेर फिर्ता नगरेपछि विरामी बोक्न समस्या भएको हो ।
वडा अध्यक्ष बलदेवसिह बोहरा स्टेचर समस्या बारे आफुलाई जानकारी नगराएको बताउँछन । आफु जनप्रतिनिधि हुनुभन्दा अगावै मैले हरेक गाउँमा स्टेचर खरिद गर्न लगाएको थिए । अहिले आफु जनप्रतिनिधि भइसकेपछि स्टेचरबारे स्वास्थ्य संस्थाले जानकारी गराएन् ।
स्टेचर समस्याबारे असोज १८ गते बस्ने कार्यपालिका बैठकबाट निर्णय गराएर सबै गाउँमा स्टेचर खरिद गरिने बोहराको भनाई छ । सबैले लापारवाही गरेकै कारण अहिले स्टेचरको समस्या देखियो । अब सबै गाउँ गाउँ पुग्ने गरी स्टेचर खरिद गरिन्छ, उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार