काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको बताउनुभएको छ ।
उहाँले नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभयो । चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता भएको र नेपालमा चिनियाँ लगानी भित्रने उहाँको भनाई थियो ।
चिनियाँ ऋणले देश डुब्ने खतरामा , अहिले जनताको जग्गा कब्जा पाएनन् मुआबजा, चारै तिर चीन विरुद्ध प्रदर्शन
सम्मेलनमार्फत चिनियाँ व्यवसायीलाई नेपालमा लगानीको सम्भावना रहेको सन्देश दिएको उहाँको भनाई छ । प्रधानमन्त्रीले नेपालमा चिनियाँ लगानीको सुरक्षा र सहयोगको प्रतिबद्धता व्यक्त गरेका कारण चिनियाँ लगानीकर्ता पनि उत्सुक देखिएकाले यो भ्रमण आर्थिक दृष्टिले फलदायी भएको ढकालको भनाई थियो ।
सिसिपिआइटीका प्रतिनिधि र चिनियाँ मन्त्रीले नेपालमा लगानीका प्रशस्त सम्भावना आफूहरूले देखेको र नेपालमा उत्पादित वस्तुको बजार चीन नै हुनसक्ने संकेत गरेको पनि अध्यक्ष ढकालले बताउनुभयो ।
महासंघले पनि वैदेशिक लगानी सहजीकरण डेस्क स्थापना गरेको र यस मार्फत आवश्यक सहयोग एवं सहजीकरण गर्न सक्ने जानकारी गराएको बताउनुभयो । भूकम्प र कोरोना महामारीका कारण बन्द भएका दुई देशबीचका नाका भ्रमणका क्रममा खुलाउने विषयमा सहमति भएकाले पनि व्यवसायी उत्साहित भएको उहाँको तर्क छ ।