दार्चुलामा बिश्व रेविज दिवसको अवसर पारेर सप्ताहव्यापी रेविज विरुद्धको निशुल्क खोप अभियान सुरु गरिएको छ । “एक स्वास्थ्य एक गन्तब्य, भन्ने मूल नाराका साथ जिल्लामा सप्ताहव्यापी रेविज विरुद्धको निशुल्क खोप अभियान सुरु गरिएको हो । यहि असोज ११ गते परेको विश्व रेविज दिवसको सन्दर्भ पारेर भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको कार्यालयका सुचना अधिकारी खेमराज भट्टले जानकारी दिनु भएको छ ।
शुक्रवार बाट शुरु भएको शिविर असोज ११ गतेसम्म चल्ने उहाँले बताउनु भयो । उहाँका अनुसार जिल्ला भित्र रहेका कुकुर र बिरालोमा रेविज रोग बिरुद्धको निशुल्क खोप कार्यक्रम शुरु भएको बताएका छन । आफूले पालेको कुकुर बिरालोलाई खोप लगाई रेविजबाट सुरक्षित रहन कार्यालयले सबैमा आग्रह गरेको छ ।
सरकारले रेविजरोगलाई सन २०३० सम्ममा शुन्यमा झार्ने लक्ष्य लिएको छ । जस अन्तरर्गत गत वर्ष जिल्लामा ७ सय वटा कुकुरहरुलाई सेविज विरुद्धको खोप लगाएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा जिल्लाभरीका १ हजार कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप लगाउने लक्ष्य रहेको सुचना अधिकारी भट्टले जानकारी दिनु भयो । चालु आर्थिक वर्षको हाल सम्म ५० वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाएको कार्यालयले जनाएको छ । यो दिवस जिल्लाका सबै स्थानीय तहमा समेत संञ्चालनमा रहेको जनाएको छ ।