स्थानीय तह कर्मचारी आन्दोलित, ओझाको संयोजकत्वमा जिल्ला संघर्ष समिति गठन

दार्चुला । दार्चुलाका स्थानीय तहहरुमा स्थानीय सेवामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती र आफुहरुबिच बिभेद गरिएको भन्दै कर्मचारीहरु संघर्षमा उत्रिएका हुन् । स्थानीय कर्मचारीको दार्चुला जिल्ला भेलाले जिल्ला संघर्ष समिति गठन गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।

शनिबार (आज) सम्पन्न जिल्ला भेलाबाट प्रदेश र संघ सरकारलाई घचघच्याउन स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ । लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत केशवराज ओझाको संयोजकत्वमा जिल्ला संघर्ष समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा जगदीश चन्द्र अवस्थी, सचिवमा संजिव अवस्थी, सहसचिवमा टिकेन्द्र प्रसाद अवस्थी र कोषाध्यक्षमा आरती सर्मा चयन भएका छन् । यस्तै सदस्यहरुमा लोकेन्द्र सिंह धामी, शेखर चन्द्र ओझा, इश्वरी बम, सपना सिंह, सुरेश राज जोशी, राम सिंह धामी, मदन राज जोशी, राजेन्द्र प्रसाद जोशी, खडक सिंह बोहरा, बलदेब भट्ट र निर्मला कुवर रहेका छन् । जिल्ला स्तरीय प्रतेक स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरु पदेन सदस्य रहने निर्णय भएको समिति सदस्य शेखर चन्द्र ओझाले बताउनुभयो ।

यस्तै कर्मचारी भेलाले असोज ७ गते आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र प्रदेश सरकारलाई प्रदेशबाट बन्नुपर्ने कानून यथाशीघ्र ल्याउनका लागि दबाबस्वरुप ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । केन्द्रीय तथा प्रादेशिक प्रतिनिधिहरु प्रतेक पालिकाबाट आवश्यकता अनुसार छनोट गरि पठाउने निर्णय गरिएको छ । मागहरु पुरा नहुन्जेल आन्दोलनका कार्यक्रम सशक्त ढंगले अघि बढाउने लगायत विभिन्न निर्णय गर्दै भेला सम्पन्न भएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार