५० जनालाई मुद्दा चलाउन सीआईबीको राय, साढे ३ अर्ब बिगो दाबी

काठमाडौं। ६० केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । सीआईबीका अनुसार हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका छन् ।१४ विदेशी र ४ नेपाली फरार रहेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ । बरामद सबै ब्रेक प्याड जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको पाइएको भन्दै बज्राचार्यले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको जानकारी गराइन् ।

सम्बन्धित समाचार

ताजा समाचार